स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै कांग्रेस

0

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आजरदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । 

कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो । 

अभिमुखीकरण कार्यक्रमको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ । 

दुई दिनसम्म ललितपुरको सानेपास्थित होटल हेरिटेज प्लाजामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । 

आउँदो मंसिरमा तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई समेत लक्षित गर्दै कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न लागेको हो । 

कार्यक्रममा सात सय बढी जनप्रतिनिधिहरूको सहभागिता रहनेछ । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट तीन सय २९ जना प्रमुख/अध्यक्ष र तीन सय एक जना उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.