विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब एक सय ६४ प्रतिशतले वृद्धि भएको छ ।

प्राधिकरणको आर्थिक २०७८/७९को वित्तीय विवरण ‘अपरिष्कृत’ अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणको आव २०७८/७९मा नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ । ऊर्जा खपत २७ प्रतिशत वृद्धि तथा विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको नाफा बढेको हो ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ ।

प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । अहिले दैनिक करिब ३ सय ६४ मेगावाटदेखि करिब चार सय मेगावाटसम्म विद्युत भारततर्फ निर्यात भइरहेको छ ।

विद्युत् चुहावट पनि १५ दशमलब ३८ प्रतिशतमा झरेको छ । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ ।

विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।

Leave A Reply

Your email address will not be published.