बेल्जियममा विश्व आदिबासी दिवसको रौनक, फोटो फिचर सहित,

0

नेपाल आदिबासी महासंघ बेल्जियमले विश्व आदिबास्सी दिवसको अबसरमा बिभिन्न आदिबासी जनजातीहरुको झाकी र न्रित्य प्रस्तुत गर्दै भब्य रुपमा विश्व आदिबासी दिवस मनाएकोछ । 

बेल्जियमको लुभेन शहरमा आयोजना गरिएको कार्यक्रममा बेल्जियममा सकृय आदिबासी जनजातीका संस्थाहरु सहभागि थिए । नेपाली राष्ट्रिय गीत र आदिबासी गीत बजाएर कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले दीप प्रज्वलन गरेर उद्घाटन गरिएको समारोहमा किराँत, नेवार, थकाली, मगर, शेर्पा, तामाङ्ग समुदायको परम्परागत साँस्कृतिक झांकी र न्रित्य प्रस्तुत गरिएको थियो ।

विश्व आदिबासी दिवसमा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथी राजदुत राजभन्डारीले नेपालको बिशेषता भनेकै अनेक जातजातिको एकता र रितिरिवाज एबम कला संस्क्रिति हो भन्नु हुँदै आफ्नो पहिचान र स्वाभिमानका लागि गतिबिधी गर्न आग्रह गर्नु भयो । प्रबासमा पनि नेपाली जातिको अस्तित्व नेपालीपनको सम्ब्रिद्धीले मात्र दीर्घकाल सम्म कायम रहने हुँदा सचेत भएर आफ्नो भाषा र संक्रिती जोगाउने अभियान चलाऊनु पर्छ भन्नु भयो ।

बिशेष अतिथिको रुपमा बोल्दै एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले बिभिन्न जातजातिको बहुसंस्क्रिति र पहिचान झल्काउने कार्यक्रमबाट नया पुस्तालाई धेरै कुरा सिक्ने  अबसर मिलेको बताउनु भयो।  केसीले नेपाल विभिन्न जातजातिको साझा फुलबारी भएको उल्लेख गर्दै यो फुलबारी नै नेपालको  पहिचान भएको भनाइ राख्नुभयो । 

प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चन्द्र कुमारी गुरुङले आफू नेपाली र जनजाति भएर जन्मिएकोमा गर्व रहेको खुलासा गर्दै महासंघको विगतको इतिहासमा आदिवासी जनजातिको हकहित संरक्षणका लागि ठूलो भूमिका खेलेको बताउनुभयो ।

अध्यक्ष गुरुङले जनजाति महासंघ सबै जनजातिहरूको घर भएकोले सबैलाई समेटेर जाँदा मात्र अधिकार प्राप्तिका लागि सहयोग पुग्ने धारणा राख्नुभयो ।

जनप्रगतिशील मोर्चाका अध्यक्ष मेघ गुरुङले आदिवासी महिलाहरुले आफूले प्राप्त गरेको ज्ञानलाई कसरी पुस्तान्तरण गर्ने भन्ने चुनौती भएको बताउँदै आदिवासी जनजातिहरू विदेशिँदा आदिवासी/जनजातिका मौलिक कामहरू हराउँदै गएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

नेपाली संघीय समाजका अध्यक्ष नेत्र मगरले आजको दिन दिवस मात्र नभएर आन्दोलनको एउटा स्वरुप भएकोले अधिकार प्राप्तिका लागि यसलाई निरन्तरता दिनुपर्ने बताउँदै भाषा जनजातिहरूको पहिचान भएकोले यसलाई जीवित राख्नुपर्ने बताउनुभयो ।

जनप्रगतिशील मञ्चका उपाध्यक्ष मनिष गुरुङले संसारभर नै जनजातिहरू छरिएर रहेको जानकारी दिँदै जनजातिहरु जल, जंगल र सम्पदासँग सरोकार राख्ने भएकोले सबै देशमा यो समुदायको संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम शाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति वीरमान घर्तीले आजको दिन सम्पूर्ण जनजातिहरुले आफ्नो हक अधिकार प्राप्तिका लागि स्मरण गर्नुपर्ने दिन भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा सुचिकृत ६० जनजाति समुह रहेको जानकारी दिँदै, जल, जंगल र जमिनलाई सम्रक्षण गरेर  बसेका जनजातिहरुलाई विश्व परिवेशमा समेत विभेद र पछाडि पारिएको धारणा राख्नुभयो । घर्तीले यो अवस्थाबाट मुक्त हुन वकालत गर्न आवश्यक रहेको बताउँदै नाक र कान हेरेर समाजमा राजनीति गर्नु भन्दा सबै मिलेर अगाडी बढ्नु हितकर हुने धारणा राख्नु  भयो।  

नेपाल  आदिवासी जनजाति महासंघको स्थापना  कालबाट सन्स्थालाई   निरन्तर योगदान पुर्याउनु हुने महासंघका बेल्जियम शाखाका संस्थापक अध्यक्ष पेम्वागेलु शेर्पा, संस्थापक महासचिव कुलबहादुर मगर, कार्यवाहक अध्यक्ष डिल्ली सुब्बा र पूर्वमहासचिव नन्दराज घलेलाई सम्मान गरिएको थियो । 

बेल्जियममा बसेर उच्च शिक्षा पुरा गरेका  आदिबासी  जनजाति विद्यार्थीहरू याङ्जोङ शेर्पा, प्रियङ्का गुरुङ, आङपेमा लामा, अलास्का शेर्पा, सिर्जन श्रेष्ठ लगायतलाई सम्मान तथा प्रंसशापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव पेम्बा शेर्पाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सूर्यनारायण श्रेष्ठले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.