बाढी पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग एमालेको माग

0

काठमाडौं : नेकपा एमालेका राष्ट्रियसभाका सांसदहरुले बाढी पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

आजको राष्ट्रियसभा बैठकको शुन्य समयमा एमाले सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढिपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन् । 

सांसद भट्टले वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।

एमालेका अर्की सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् ।

सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाइन् । 

उनले किसानलाई खेतीवालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नवालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना गरिन् ।

Leave A Reply

Your email address will not be published.