ट्रम्पको घरमा एफबीआईको छापा

0

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय जाँच ब्यूरो ‘एफबीआई’ले छापा मारेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा एफबीआईले छापा मारेको हो ।

राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग सम्बन्धमा छानविनका लागि एफबीआईले छापा मारेको बताइएको छ ।

घरमा छापा मार्ने समयमा पूर्वराष्ट्रपति ट्रम्प भने न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेको बताइएको छ ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास एफबीआईले कब्जामा लिएको आरोप लगाएका छन् ।

आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत रुपले निवासमा छापा मारेको उनको आरोप छ ।

गत वर्ष अमेरिकी संसदमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानविन प्रक्रिया जारी रहेकै बेला ट्रम्पको निवासमा छापा मारिएको हो ।

Leave A Reply

Your email address will not be published.