प्रा.  सूर्य सुवेदीलाई हल विश्वविद्यालयद्वारा महाविद्यावारिधि प्रदान

0

लण्डन : बेलायतको हल विश्वविद्यालयले प्रा. डा.  सूर्य प्रसाद सुवेदीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ। प्रा. सुवेदीलाई सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभीडको कारणले गत दुइ वर्ष देखि हुन नसकेको दिक्षान्त समारोह अहिले सम्पन्न भएको हो ।

उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले प्रा. सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरिन्।  उनले प्रा. सुवेदीको सम्मानमा एक रात्री भोजको आयोजना पनि गरेकी थिइन्। 

प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गरेका थिए। हालै मात्र उक्त विश्वविद्यालयले प्रा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बांच्न पाउने बिषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो।

यस अघि विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो ।

Leave A Reply

Your email address will not be published.