यो वर्ष भारतलाई १६ अर्ब रुपैयाँको बिजुली बेच्छौं : कुलमान

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा उनले ट्रान्समिसन प्रशारण लाइनको जोखिम र शुल्क तिर्ने लगायतका कारणले निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने बताएका हुन् । 

निर्देशक घिसिङले पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको गुनासो समेत गरे ।

निर्देशन घिसिङले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने बताए । 

कार्यकारी निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताए । 

उनले उद्योगमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै असन्तुष्टि जनाए । 

उद्योगहरुले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै घिसिङले त्यसका लागि प्रशारण लाइन र सबस्टेशनमा लगानी बढाइरहेको बताए ।

कार्यक्रममा उर्जा सचिव सुशिलचन्द्र तिवारीले जलविद्युत क्षेत्रको विकासको लागि लगानी बढाउन आवश्यक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.