एमालेले आज महँगी तथा भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै

0

काठमाडौं : नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ। वसन्तपुरबाट दिउँसो दुई बजे शुरु हुने विरोेध र्‍यालीले शहरका विभिन्न भाग परिक्रमा गर्नेछ ।

र्‍यालीमा पार्टीका नेता, उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, सम्पर्क मञ्चको समेत सहभागीता रहनेछ ।

वर्तमान गठबन्धन सरकार गठन भएको एकबर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै प्रतिपक्षले सडकवाटै खवरदारी गर्न लागेको हो ।

सरकारका बेथिति र गलत कामकाविरूद्ध जनतालाई जागरुक बनाउनु अहिलेको आवश्यकता रहेको उसको भनाइ छ ।

एमालेले महँगीविरुद्ध देशव्यापी जनपरिचालन र प्रदर्शन गर्न १९ असारमा सर्कुलर जारी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.