युक्रेन खेरसनलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउने प्रयासमा

0

एजेन्सी : युक्रेनी सेनाले देशको दक्षिणी भेगमा जारी युद्धको क्रममा १ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।

खेरसन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउन युक्रेनले गरेको कारबाहीमा रुसी सैनिक मारिएका हुन् ।

युक्रेनले रुसी सेनाको अखडामा दूरीको क्षेप्याष्त्र प्रहार गरेको हो । सो क्रममा रुसी सेनाको ७ वटा ट्यांकहरु ध्वस्त पारेको युक्रेनले जनाएको छ ।

रुसी सेनाको लागि हातहतियार, औषधिउपचार, खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक वस्तुहरुको आयात गर्ने रणनीतिक महत्वका पुल लगायतका संरचना पनि युक्रेनले ध्वस्त पारेको छ ।

यसअघि रुसले युक्रेनको डोनेत्स्कस्थित एउटा कारगारमा युक्रेनी सेनाले गरेको रकेट आक्रमणमा ४० जना युक्रेनी युद्धबन्दीको मृत्यु भएको दाबी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.