मस्कोको एक १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

0

एजेन्सी : मस्कोको एउटा १५ तले भवनमा शुक्रबार राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो। मध्यरातपछि आगो निभाइएको थियो ।

आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो ।

भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका अधिकारीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.