नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

0

काठमाण्डाैं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आईएमएफको वर्ल्डकाे इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो ।  तर गएको अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४.१  प्रतिशत  रहने प्रक्षेपण गरेको थियो ।

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन  लागेको आईएमएफको  प्रक्षेपणका बीच  नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो ।

अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ ।

समग्र एसिया क्षेत्रको आर्थिक वृद्धिदर भने घट्दो देखिएको छ । सन् २०२१ मा एसिया क्षेत्रको औसत आर्थिक वृद्धिदर ६ दशमलव ५५ प्रतिशत थियो । तर, यसवर्ष ४ दशमलव ५ मा खुम्चने र आउँदाे वर्ष सामान्य बढेर ४ दशमलव ६५ मा सीमित हुने प्रक्षेपण गरिएको छ ।

दक्षिण एसिया क्षेत्रमा भारतले सबैभन्दा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ ।

Leave A Reply

Your email address will not be published.