सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रुपमा बजेट छुट्याएर आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने आश्वासन दिएका हुन् । 

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री देउवाले प्राथकितामा साथ अघि बढाउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरिय बनाउदै लैजानुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे ।

वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले विरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे ।

कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पतालले विरामीहरुले स्वास्थ्य उपचारका सकेको योगदान गर्दै आएको पनि बताए । कार्यक्रममा कर्मचारी लगाएत jlभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्म्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.