निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता, एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । 

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष दाहालले अहिलेकै गठबन्धनसँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न आवश्यक नरहेको बताएका हुन् । 

त्यस्तै उनले कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउन सकिने पनि उल्लेख गरेका छन् । 

हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने भएपनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको पनि दाहालले जानकारी गराएका छन् । 

अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको पनि उल्लेख गरे । 

वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा उनले एमालेको प्रशंगमा अडान प्रष्ट्याएका हुन् ।

Leave A Reply

Your email address will not be published.