इराकको संसद भवनमा प्रदर्शनकारी प्रवेश

0

एजेन्सी : सयौं प्रदर्शनकारीहरू बगदादको उच्च सुरक्षा क्षेत्र तोडेर इराकको संसद भवनमा प्रवेश गरेका छन् ।

धर्मगुरु मुक्तादा अल-सद्रका समर्थकहरूले प्रधानमन्त्रीका लागि प्रतिद्वन्द्वी उम्मेदवारको मनोनयनको विरोध गरेका छन् ।

सदरको राजनीतिक गठबन्धनले गत अक्टोबरको आम चुनावमा सबैभन्दा बढी सिट जितेको थियो, तर मतदानपछि राजनीतिक गतिरोधका कारण सत्तामा छैन ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बताइएको छ । त्यसबेला कुनै पनि सांसद उपस्थित थिएनन् ।

प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो ।

यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन् ।

सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.