एसईईको नतिजा सार्वजनिक

0

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ २०७८ को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो ।

परीक्षामा सबैभन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् ।

त्यसैगरी १ दशमलब ६ देखि २ जिपिए ल्याउने परीक्षार्थीको संख्या १ लाख ५ सय ९४ जना रहेका छन् । परीक्षामा २२ हजार ५ सय ३७ परीक्षार्थीले पुरै परीक्षा दिएनन् ।

विवरण अनुसार ३ दशमलब ६ देखि ४ जिपिए ल्याउने परीक्षाथीको संख्या ९ हजार ६ सय ३३ रहेको छ ।

त्यस्तै ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४१ हजार ६ सय २७ रहेका छन् । २ दशमलब ८० देखि २ दशमलब २ल्याउनेको संख्या ७९ हजार ९ सय छन् ।

९० हजार ७ सय ५८ जनाले २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए ल्याएका छन् ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटहरूबाट हेर्ने सकिने बोर्डले जनाएको छ ।

वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी थिए ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । बोर्डले अन्तिम समयमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा ‘नन ग्रेडिङ’ उल्लेख हुने व्यवस्था हटाएको छ ।

कोभिडका कारण विद्यार्थीले कक्षा ९ र १० मा राम्रो पठनपाठन गर्न नपाएको, पाठ्यक्रम पनि पूरा नभएको भन्दै बोर्डले यस्तो व्यवस्था गरेको हो ।

तीन वर्षपछि बोर्डलै भौतिक उपस्थितीमै परीक्षा गरेर परिणाम सार्वजनिक गरेको हो । यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.