संसदीय समितले सरकारसँग माग्यो एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण

0

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । 

बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै कारण माग गरेको हो । 

समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकाले सो कागजात प्राप्त गर्न नसक्नुको कारण पनि माग गरेको छ ।

त्यस्तै बैठकले प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे पनि विभिन्न प्रकारका हल्लाहरु आएको भन्दै अर्को बैठकमा भ्रमणबारे सबन्धित निकायसँग आधिकारिक जानकारी लिने निर्णय पनि गरेको छ । 

समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेश गरेको छ ।

Leave A Reply

Your email address will not be published.