स्थानीय चुनावमा ५ अर्ब ४ करोड खर्च, प्रदेश र प्रतिनिधिसभा चुनाव मंसिर ४ मा हुने आयोगको संकेत

0

काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति सरकारले घोषणा नगरेपनि आन्तरिक तयारी थालिसकेको जनाएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले आन्तरिक तयारी भैरहेको जनाएको हो । 

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर चार गते निर्वाचन हुने संकेत गरे । निर्वाचन मिति आगामी मन्त्रिपरिषद बैठकबाट तय हुने उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर दुई गते निर्वाचन गर्न सरकरालाई प्रस्ताव गरेको सोही सेरोफेरोमा मिति तोकिने बताए । 

आयोगले स्थानीय तह निर्वाचन खर्चका हिसाबले विगतभन्दा मितव्ययी भएको दाबी गरेको छ । चुनावका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड दिएकोमा तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगले जनाएको हो ।

निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार रुपैयाँ खर्च भएको आयोगको भनाइ छ । यो खर्च २०७४ सालको स्थानीय तहको निर्वाचनको खर्चभन्दा २ अर्ब कम हो ।

त्यस्तै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने आयोगले बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ ।’

Leave A Reply

Your email address will not be published.