गायत्री मन्त्रमा शिशिरको स्वर (भिडियोसहित)

0

काठमाडौं : पछिल्लो समय भक्ति सङ्गीतको साधना गर्दै आएका गायक शिशिर योगी गायत्री मन्त्रको कर्णप्रिय उपहार बोकेर दर्शक श्रोतामाझ आएका छन् |

शिशिरले गाएका ‘मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा’ लगायतका गीत सदावहार बनेर नेपाली सङ्गीत आकाशमा गुन्जिरहेका छन् | राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले पछिल्लो समयमा भने भक्तिधारा अन्तर्गत वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी आवाजको जादु पस्केका छन् । प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ ।

भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा शिशिरको प्रवेशले यसका पारखीलाई निक्कै उत्साहित बनाएको छ  । भक्तिसङ्गीतको यस चरणमा गणेश  वन्दना केही हप्ता अघि  सार्वजनिक भइसकेको छ | गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी तीनओटा मन्त्र भने क्रमशः सार्वजनिक हुँदै छन् । हालै सार्वजनिक भएको   ‘गायत्री’ मा शिशिरको मर्मस्पर्शी स्वर सुन्न सकिन्छ | यस गायत्री मन्त्रमा पनि शिशिरले सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन् ।

नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरका छन् भने  ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् | दृश्य सम्पादन वीरेन्द्र  भाट ‘विपीन’ ले गरेका छन् । सुझाव, सल्लाह र शब्द सम्पादनको कार्य भने बासुदेव कृष्ण शास्त्रीले गरेका छन् | रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् । शिशिरले गायत्री मन्त्र गायनमा पनि विशेष मिहिनेत गरेको  देखिन्छ । उनको स्वरमा गायत्री मन्त्र निक्कै खुलेको पाइन्छ |

उक्त गायनको भिडियो हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.