सांसदहरुलाई अनिवार्यरूपमा मास्क लगाउन सभामुखको निर्देशन

0

काठमाडौं : सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्यरूपमा मास्क लगाउन निर्देशन दिएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेका हुन् । 

कोरोना भाइरसको बढ्दो संक्रमणप्रति सचेतता अपनाउन उनले आग्रह गरे ।

कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सभामुख सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन ध्यानाकर्षण गराएका हुन् । 

पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.