एकढिक्का हुन अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

0

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)ले दलका सबै सभासद्लाई संविधानसभाको प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले संविधानसभाको चालु प्रक्रिया समाप्त नभएसम्मका लागि यताउता नलाग्न र संविधानसभा नछोड्न सभासद्लाई निर्देशन दिएको छ ।
बैठकपछि एमालेका सभासद् गङ्गालाल तुलाधरले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभासद्लाई संविधान निर्माण प्रक्रियामा भाग लिन र सहभागी हुनका लागि आग्रह गर्ने निर्णय गरेको बताउनु भयो । बैठकमा संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखन प्रक्रियालाई पूर्णरुपमा सफल बनाउन एकलर्को, एकढिक्का भएर प्रस्तुत हुन सबै सभासद्लाई निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.