प्रदर्शनकारीको गोली लागेर प्रहरी घाइते

0

विराटनगर, २७ भदौ । सिरहा जिल्लाको मिर्चेयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर शनिबार राति एक सशस्त्रका प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपीन राई घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
उनलाई दाहिने पाखुरामा गोली लागेको छ । मिर्चेयास्थित विष्णु क्लिनिकमा उपचार गराइएको बताइएको छ । प्राप्त जानकारीअनुसार, बन्दकर्ताहरुले मिर्चेया–५ स्थित राजमार्गमा रुख ढालेर सडक अवरुद्ध पारेपछि सो सडक खुलाउन पुगेका सो गणका टोलीमाथि लुकेर बसेका समूहले गोली चलाउँदा राई घाइते भएका हुन् ।

Leave A Reply

Your email address will not be published.