चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीको छापा, ३४ जना पक्राउ

0

काठमाडौं : प्रहरीले चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर ३४ जनालाई पक्राउ गरेको छ । 

कल सेन्टरको नाममा अवैध धन्दा सञ्चालन गरेको पाइएकाले प्रहरीले उद्योगी सुरज बैद्यको काठमाडौं तीनकुनेस्थित घरमा छापा मारिएको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको र खोजतलास जारी रहेको भन्दै प्रहरीले पुर्ण विवरण उपलब्ध गराएको छैन । 

काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । 

फोन कल, ह्वाट्स एपलगायतका विभिन्न सामाजिक सञ्जालबाट चिठ्ठा पर्यो भन्दै सर्वसाधारणलाई ठगी गरको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । 

चिनियाँ र भारतीय नागरिकको लगानीमा सञ्चालित उक्त कल सेन्टरबाट २ सय ४० थान मोबाइल, सयौं थान कम्प्युटरलगायत विभिन्न साम्रगी प्रहरीले बरामद गरको छ । 

तीन वटा फ्लायटमा सञ्चालित उक्त कल सेन्टरको कोठाहरूलाई सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

आइतबार मात्रै रुपन्देहीमा पनि प्रहरीले अवैध कल सेन्टरमा छापा मारेको थियो । सो क्रममा करिब दुई सय जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ । तिमध्ये एक भारतीय सहित नौ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

यसअघि पनि काठमाडौंमा चिनियाँ नागरिकले घर भाडामा लिएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा छापा मारेर ठूलो संख्या चिनियाँ नागरिकलाई पक्राउ परेका थिए । 

तर अनुसन्धानबाट आरोप पुष्टि नभएपछि चिनियाँ नागरिकहरु सामान्य धरौटीमा छुटेका थिए ।

Leave A Reply

Your email address will not be published.