साफ यु-२० : नेपालको विजयी शुरुवात, माल्दिभ्स ४–० ले पराजित

0

काठमाडौं : नेपालले साफ यु-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो ।

नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । भारतसँग आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्ने तालिका छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.