अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

0

अछाम : पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका दुई भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुुनेमा अमरका २५ वर्षका भाइ वीरेन्द्र, १५ वर्षका छोरा संविधान र ४५ वर्षकी वुहारी हरिकला रहेका छन् ।

अमरकी ६२ बर्षिया काकी नैना विष्ट गम्भीर घाइते भएकी छिन । उनलाई थप उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।

पहिरो खसेको स्थानवाट स्थानिय जनप्रतिनिधि, प्रहरीले तीन जनाको शव निकालेका हुन् । गएराति एक बजेतिर खसेको पहिरोले घर पुरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.