क्यालिफोनियामा डढेलोको कारण ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो

0

एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत  घोषणा गरिएको छ।

आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका  क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । 

१४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म कुनै नियन्त्रणमा नआएको प्राप्त विवरणहरुमा जनाइएको छ । तातो र न्यून आद्रताका कारण डढेलो निभाउने भइरहेका प्रयासमा असर गरेको जनाइएको छ । 

डढेलेमा केही सवारी साधनसमेत जलेका छन् । आगलागीमा जलेर १० ओटा घर ध्वस्त भएको बीबीसीले जनाएको छ । 

सुक्खा र गर्मी मौसमका कारण डढेलो फैलिएको क्यालिफोर्नियाका गर्भनरले जानकारी दिएका छन् । मारिपोसमा ३५ दशमलब ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको  छ । 

Leave A Reply

Your email address will not be published.