प्रबासमा तीज

0

ओम शर्मा

नेपाली नारीहरुले उल्लासले मनाउने हरितालिका तीज पर्ब देश र बिदेशमा धुम धाम सँग मनाइदै छ । नेपाल मात्र नभएर भारतका पन्जाब,  हरियाना लगायतका राज्यहरुमा पनि तीज बिशेष पर्बको रुपमा मनाउने प्रचन छ ।  यो ५००० हजार बर्ष देखि मनाउदै अाइएको विश्वाश गरिने पर्बको महत्व भनेकोनै आफु सधैं सौभाज्ञवती रहन आफ्ना प्रियको  सुस्वास्थ्य र दिर्घजीबनको लागि पार्थना गर्नु हो ।

पुरातन समाजमा बुहारीलाई घरका सासु नन्द लगायतले दिने यातना र पिडालाई ब्यक्त गर्ने अबसरको रुपमा पनि यो पर्बले महत्व पाउदै आएको छ ।
हिन्दूहरुका आराध्यदेब महादेब र हिमालय पुत्री पार्वतीको प्रेम काहानी सफल भए पछी त्यसपछीका पुषताले पनि आफ्नो प्रेमको सफलता लागि पार्वतीले गरेकै धार्मिक बिधी बिधान अनुसार महादेबको पूजा अर्चना गरेर यसको धर्मिक अनुस्थान गरिन्छ भने, रातो साडी र श्रिंगारयुक्त भएर साथीहरु सँग सामुहिक नाचगान, भजन किर्तन गरेर गरिने साँस्कृतिक समारोह यस पर्बको आकर्षक पक्ष हो ।
प्रबासमा रहेका नेपाली महिला दिदी बहिनीहरुले पनि बिबिध तरिकाले तीज मनाउदै आउनु भएको छ ,   आफु जहाँ गए पनि आफ्नो सँस्कार र सँस्कृती अनुसारका कार्य गर्नु हाम्रो कर्तब्य नै हो । यो पर्ब हाम्रो साँस्कृतिक पर्ब भएकोले यसमा हामीले गर्ने खान पान र अन्य गतिबिधी हरु सोही अनुसार हुनु पर्ने हुन्छ तर केही बर्ष देखि दिदिबहिनी हरुले आयोजना गर्ने दर खाने कार्यक्रमहरुमा केही बिकिर्तीहरु देखिन थालेका छन । यस् तर्फ सबै जिम्मेवार भएमा  यसको पवित्रता कायम राख्न सहयोग पुग्छ ।

भबिष्यमा युरोप अमेरिकामा हुर्केकी तपाईंहरुकै छोरी चेलीले यसको महत्ता कायम राख्ने हो । आज आमाले दर खाने दिनमा खाना संगै वाइनको बोतल यi अन्य मदिराको सेबन गरेको देखेपछी भोली त्यसैलाई अनुकरण गरिन भने हामीले यो पर्बको अपमान र हाम्रो सन्स्कृतिको अबहेलना गरेको हुन्छ । बाबुले आफ्ना पुर्खाको श्राद्ध गर्दा छोरालाई यसको सबै पक्षको उचित जानकारी नगराउदा बिरालो बान्नु अनिबार्य सँस्कार सम्झेको उखान त हामी सबैले सुनेकै छौ ।

तशर्थ यस् पर्बमा गरिने गतिबिधी यसको धार्मिक रिती अनुसार नै हुनु पर्दछ । पवित्र भोजन गर्नु , पवित्र रहनु , सुद्ध र पवित्र आत्माले आफु आफ्नो प्रिय र आफ्नो परिवार सुख शान्ती र प्रेमको ब्रिद्धी होस भनेर कामना गर्नु नै यसको वास्तविकताको आधiर हो । धर्मलाई धन्दा बनाउने दिमक्ख भएका स्वघोषित पण्डित र आधुनिकताको नाममा यसलाई रुढीबादी कार्य ठान्नेहरु सँग हामी सबै सचेत हुनु पनि जरुरी छ । आफ्नो श्रीमानको खुट्टाको पानी पिउनु शोषण र कुरिती सम्झने कि आफ्नो प्रेमको पराकाष्ठाको पवित्र क्रित्य मान्ने  यो स्वयम तपाईंहरुको निर्णय हो । प्यार पवित्र भयो भने सब चिज जायज हुन्छ ।

जसरी रातो साडी र श्रिंगारमा सजिएर तपाईंको सुन्दरताको अभिर्भाब हुन्छ त्यसै गरी चेतनाको श्रिंगारले तीजको दर खाने काम गरे पर्ब महत्ताको ब्रिद्धी हुन्छ , सबै दिदी बहिनी हरुलाई तीजको शुभकामना

Leave A Reply

Your email address will not be published.