तीन ट्रकमा आगजनी

0

कलैया, २६ भदौ । मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित रु ३२ लाख बराबरको चिनी लादिएको तीन वटा ट्रकमा आज बिहान करिब ३:३० बजे २५–३० जना आन्दोलनकारी समूहले आगजनी गरेको छ । उत्पादित चिनी काठमाडौँ पठाउनका लागि ना ४ ख २९२७, ना ५ ख ८७६१ र ना ५ ख २९९५ तीन ट्रकमा रु ३२ लाख बराबरको एक हजार २७० बोरा राखिएको थियो । ती ट्रक मनहराबाट पिलुवा हुँदै काठमाडौँतर्फ जाने क्रममा आन्दोलनकारीले चिनी मिलदेखि करिब तीन किमी टाढा रोकी क्षति पु-याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगजनीमा परी ना ५ ख ८७६१ र २९९५ नंका दुई ट्रकमा पूर्ण रुपले क्षति पुगेको छ । घटनास्थलमा प्रहरी टोली पुगी छानबिन रहेको छ । सो घटनामा उमेश यादवको नेतृत्वमा रहेको सङ्घीय मधेसी मोर्चा समूहले जिम्मेवारी लिएको थाहा भएको छ ।

Leave A Reply

Your email address will not be published.