मौद्रिक नीति सार्वजनिक : सेयर कर्जा १२ करोडसम्म लिन पाइने (पूर्णपाठ)

0

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था भएको छ । 

राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए ।

गएको वर्ष कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।

राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ ।

गएको वर्ष राष्ट्र बैंकले ७ प्रतिशत कायम गरेको थियो ।

बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याइएको गभर्नर अधिकारीले जनाकारी दिए । यसले बैंकहरूबीच एक आपसमा हुने कारोबारको दर बढ्ने अधिकारीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.