नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा शुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

0

हेटौंडा : नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुक्रबारबाट मकवानपुरको हेटौंडामा शुरु भएको छ ।

हेटौंडास्थित रोयल पार्टी प्यालेसको सभाहलमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् ।

महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरु पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् ।

करिब ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समुहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।

उदघाटन समारोहपछि शुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.