प्रदेश र संघको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

0

काठमाडौं : नेपाली कांग्रेसले आमनिर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार दिनका लागि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

स्थिर सरकारमार्फत संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरणका लागि भन्दै कांग्रेसले सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

कांग्रेसले पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित निर्वाचनमा जाने निर्णय पनि गरेको छ । 

कांग्रेसले निर्वाचन लक्षित गरेर भदौ २ गतेदेखि २४ गतेसम्म ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान चलाउने भएको छ । 

कांग्रेसले अर्थतन्त्र नबिग्रिएको निष्कर्ष निकालेको छ । देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आमनागरिकमा अस्वभाविक ढङ्गले भय सृजन गर्ने काम भएको कांग्रेसको निस्कर्ष छ ।

कांग्रेसले अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था, मुख्य समस्या, चुनौतीहरु र जोखिम न्यूनिकरणका उपायबारे श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न यो बैठक सरकारलाई आग्रह गरेको छ । 

महंगी अत्याधिक बढेको भन्दै नागरिकलाई राहत मिल्ने गरी कदम चाल्न पनि सुझाव कांग्रेसको सुझाव छ । त्यस्तै कांग्रेसले संबैधानिक परिषद विधेयकपनि संबिधानको मर्म विपरित नल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । 

कांग्रेसले अवधि समाप्त भएर गठन नभएका र पूर्णता नभाएका भाृत संस्थालाई यही साउनभित्र गठन र पूर्णता प्रदान गर्ने निर्णयपनि गरेको छ । 

कांग्रेसले विभिन्न तीन समिति पनि गठन परेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति, आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति र श्यामकुमार घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरिएको हो । 

कांग्रेसले श्रीलंकाले बेहोरिरहेको गम्भीर आर्थिक संकट समाधानको पहलका लागि समन्वय गर्न सरकारलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.