अमेरिकाको मलमा गोली चल्यो, ३ जनाको मृत्यु

0

एजेन्सी : अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा  अन्य तीन जना घाइते भएका छन् । 

‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन् ।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए । 

ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको  मृत्यु हुन्छ ।

जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको एउटा समितिले  हतियारमाथि प्रतिबन्ध लगाउने विधेयकमा २० वर्षमा पहिलो पटक यसै साता मतदान गर्ने तयारी गरेको छ।

Leave A Reply

Your email address will not be published.