चिकित्सा शिक्षाको शुल्क वृद्धि, उपत्यका बाहिर एमबीबीएस पढ्न ४५ लाख

0

काठमाडौं : चिकित्सा शिक्षाको शुल्क वृद्धि भएको छ । राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा नयाँ शुल्क निर्धारण गरेको जनाएको हो । 

आयोगले गत शैक्षिक सत्रभन्दा यस वर्ष तीन दशमलब छ प्रतिशतले शुल्क बढाएको छ । 

स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क वृद्धि गरिएको हो ।

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ हजार ९५ हजार ७ सय २० शुल्क तोकिएको छ । 

त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २ सय ९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ । 

यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ । 

स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८ सय ३० तोकिएको छ। 

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २ सय २० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.