जुम्लामा जलविद्युतको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

0

जुम्ला : जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

हिमा गाउँपालिका १ स्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन् ।

उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

चौकिदार भने गएराति गाउँतिर गएकाले जोगिएका छन् । मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.