भारतले धौलीगंगाको बाँध खोल्यो, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं : भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ ।

भारतले बाँधको ढोका खोलेपछि शुक्रबार दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।

भारतले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगंगा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न प्रशासनको आग्रह छ ।

परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो ।

Leave A Reply

Your email address will not be published.