एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी

0

काठमाडौं : नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । बिहीबार उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।

यसअघि बिहीबार नै सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् ।

शुक्रबार उपसभामुखको निर्वाचन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.