उपसभामुखका लागि पुष्पा भुसालद्वारा उम्मेदवारी दर्ता

0

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

बिहीबार माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन बिहीबार नै हुनेछ भने मतदान शुक्रबार हुनेछ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

Leave A Reply

Your email address will not be published.