महिला सांसदलाई आन्दोलन गर्न वामदेव गौतमको सुझाव

0

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष महिला नियुक्त गर्न संसदको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा उनले दुबे पदमा महिला नियुक्त गर्न सरकार, संसद र राजनीतिक दलहरूको ध्यान नगएको बताएका हुन् ।

सदस्य गौतमले दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने सुझाव दिए ।

गौतमले दलहरूले यि पदमा पुरुषलाई पनि नियुक्त गर्न मिल्ने भए पद रिक्त भएको पाँच दिनमै पूर्ति हुने थियो भन्दै ब्यङग्य समेत गरे ।

एमालेका सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठनको माग गरे ।

सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको भन्दैसमितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनैपनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने बताए ।

सांसद दाहालले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेकोप्रति विरोध जनाए ।

Leave A Reply

Your email address will not be published.