के छ बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

0

काठमाडौं : जनता समाजपादी पार्टी जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौं शुरु भएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।

यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीस्थित एक पार्टी प्यालेसमा शुरु भएको हो ।

बैठकमा जसपा नेता महिन्द्रराय यादव पनि सहभागी भएका छन् । तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका यादव महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए । त्यसपछि सरकारमा कृषिमन्त्री बनेका थिए ।

अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको डिलमा पुगेपछि यादवले भट्टराईलाई साथ दिएका हुन् ।

बैठकमा जसपा कार्यकारिणीका पाँच जना बाबुराम भट्टराई, महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी सहभागी छन् ।

बैठकमा ३ सय ३० जना केन्द्रीय सदस्य सहभागी रहेको र केही संसद चलेको कारणले केही आउने क्रममा रहेको भट्टराई निकट नेताको दाबी छ ।

उपेन्द्र यादव र बाबुराम भट्टराई दुबै पक्षले आफूले बोलाएको बैठक आधिकारिक भएको दाबी गरेका छन् ।

नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीचको बिवादले पार्टी विभाजनको संघारमा पुगेको छ ।

यसैबीच बैठकमा भट्टराईले ​पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस गरेका छन् ।

जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बनेको भन्दै अध्यक्ष भट्टराईले पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार भएको स्पष्ट पारेका छन् । उनले यो बिषयमाथि गम्भीर, सघन र विहंगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार बैठक सामू राखेका छन् ।

Leave A Reply

Your email address will not be published.