बाग्लुङ समाज बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न , महेन्द्र पन्तको अध्यक्षतामा नयाँ कार्यसमिती

0

बेल्जियममा बसोबास गर्ने बाग्लुङ जिल्लाबासीहरुको संस्था बाग्लुङ समाज बेल्जियमको अध्यक्षमा महेन्द्र पन्त सर्बसम्मत निर्बाचित भएकाछन । आईतवार बेल्जियमको लुभेन शहरमा भएको संस्थाको पाचौ अधिबेशनले बरिष्ठ उपाध्यक्षमा धर्म पाठक, उपाध्यक्षत्रय कर्ण अधिकारी, हरि रोका, कल्पना घिमिरे, महासचिव प्रभात पौडेल, सचिव हरि शर्मा, कोषाध्यक्ष रघु आचार्य, सहकोषाध्यक्ष बावुराम सापकोटा र सदस्यहरु दुर्गा सापकोटा, जयराम के.सी., तारा बहादुर जी.सी., सुनिता सापकोटा, हरि खड्का, दिपक जीसी र बिदुर केसीलाई सर्बसम्मत निर्बाचित गरेकोछ ।

निर्वाचन समितिका तर्फबाट दीपेन्द्र केसीले सर्बसम्मत कार्यसमितिको घोषणा गर्नु भएको थियो ।


समाजको पाचौ अधिबेशनको उद्घाटन सत्रमा बेल्जियम स्थित बिभिन्न संघ संस्थाका पदाधिकारिहरुले अधिबेशनको सफलताको शुभकामना दिदै आगामी दिनमा सहकार्य गर्न र बेल्जियमको नेपाली समुदायको लागि एकताबद्ध भएर काम गर्न अनुरोध गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुमा बाग्लुङ जिल्लाबाट धेरै नेपालीहरु रहेकोले आफ्नो जिल्लाबासीको सन्जाल प्रयोग गरेर जिल्ला र देशको सम्ब्रिद्धिमा टेवा पुर्याउन पहल गर्न आग्रह गर्नु भयो । नेपाली दुताबास नेपाली संघ संस्थाले गर्ने हरेक काममा सहकार्य गर्न सधैं तत्पर रहेको भन्दै आगामी कार्यसमितिले राम्रो काम गरोस भनेर शुभकामना दिनु भयो ।

गैर आबासीय नेपाली संघका सचिब गंगाधर गौतमले एनआरएन अभियानमा बाग्लुङ जन्मथलो भएका सदस्यहरुको उल्लेख्य योगदान रहेको स्मरण गराउदै गैर आबासीय नागरिकता बिधेयक छिट्टै पारीत हुने र प्रबासका नेपालीहरुलाई सहयोग पुग्ने विश्वाश दिलाउनु भयो ।


एनआरएनए आईसिसी सदस्य एबम संस्थाका पूर्व अध्यक्ष गंगा शर्माले संस्थाको नेत्रित्व लिएकाहरुले कुरा भन्दा काम गरेर देखाउनु पर्ने भन्दै आगामी कार्यसमितिलाई सकृय भएर समुदायको लागि काम गर्न आग्रह गर्नु भयो । अर्का आइसिसी सदस्य रोशन जोशी ( भिम ) ले बाग्लुङ समाज बेल्जियममा साक्रिय संस्था रहेको र आगामी दिनमा पनि जिल्लाको बिकास निर्माण र परोपकारी काममा सक्रिय भएर लाग्न आग्रह गर्नु भयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीले बाग्लुङ समाजले बेल्जियमको नेपाली समुदाय र जिल्लाको लागि उदाहरणीय काम गरिरहेको छ भन्दै एनआरएनए अभियानमा पनि संस्थाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

अन्तरराष्ट्रिय बाग्लुङ समाजका महासचिब देबु शर्मा पौडेलले बाग्लुङ जिल्लाको परिचय र बिशेषता बारे प्रकाश पार्दै आगामी दिनमा जिल्लामा गरीने सहयोग र अन्य परियोजनाको बिस्त्रित मोडेल बनाएर अन्तरराष्ट्रिय समिती सँग मिलेर काम गर्न आग्रह गर्नु भयो ।


पर्बत समाज बेल्जियमकी अध्यक्ष नन्दा गुरुङ, कास्की समाजका डिल्लिराम भण्डारी, जनसंपर्क समितिका महiमन्त्री प्रकाशराज गिरी, नेपाली ब्यबसायी संघ बेल्जियमका उपाध्यक्ष चिरन कुमार खवास, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, नेपाली जन प्रगतिशिल मोर्चाका उपाध्यक्ष बदन योङ्हाङ, पत्रकार एबम नेपाली जनप्रगतिशिल मन्च बेल्जियमका उपाध्यक्ष केजिन राई, लगायतले अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सांगितिक प्रस्तुतिका लागि आउनु भएका कलाकार प्रकाश सपुतले पनि बाग्लुङ समाजको नयाँ कार्य समितिलाई बधाई र पुरानी कार्यसमित्लाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । औपचारिक कार्यक्रम पछि प्रकाश सपुतको सांगितिक् प्रस्तुती भएको थियो ।

Leave A Reply

Your email address will not be published.