बेल्जियममा भानु जयन्ती,

0

२१०सौ भानु जयन्ती अबसरमा बेल्जियमको ओस्टेन्डे शहरमा एक कार्यक्रमको आयोजना गरि मनाइएकोछ । अन्तरराष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरको आयोजना र नेपाली समुदाय ओस्टेण्डे (NSO) को ब्यबस्थापनमा भएको कार्यक्रममा बिभिन्न साहित्य सर्जकहरुले रचना बाचन गर्नुका साथै आदिकबि भानुभक्त आचार्यको नेपाली साहित्यमा योगदानको चर्चा गर्नु भयो ।

सोही कार्यक्रममा ओस्टेन्डेमा संचालित नेपाली भाषा बिद्यालयलाई गैर आबासीय नेपाली संघ बेल्जियमको तर्फबाट अध्यक्ष खड्क केसीले एक थान ल्यापटप र नेपाली ब्यबसायी संघका अध्यक्ष यामु निरौलाले एक थान प्रिन्टर प्रदान गर्नु भयो । अनेसास बेल्जियमले पनि भाषा बिद्यालयलाई सैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।


कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका एबम युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राज भण्डारी नेपाली भाषा साहित्य सँरक्षणमा अनेसासको योगदानलाई देशले सम्मान गरेको र आगामी दिनमा पनि प्रबासमा नेपाली भाषा र साहित्यको प्रबर्धनमा संस्थाले गर्ने हरेक काममा दुताबास साथमा रहने बताउनु भयो । नेपाली समुदाय ओस्टेण्डे (NSO) ले नेपाली भाषा कक्षा सन्चालन गरेर साना बाबुनानीहरुलाई नेपाली भाषा र नेपा ल सँग जोड्ने प्रयास गरेकोमा खुशी लागेको बताउनु भयो ।


गैर आबासीय नेपाली संघका अध्यक्ष खड्क केसीले आफ्नो सिर्जना बाचन् गर्दै अनेसासको अभियानले एनआरएनएको मह्त्वपूर्ण जिम्मेवारिलाई अगाडि बढाइरहेकोमा धन्यबाद दिदै नेपाली भाषा कक्षा संचालनका लागि ओस्टेन्डे समाजलाई एनआरएनएको सहयोग निरन्तर जारी रहने बताउनु भयो ।


नेपाली ब्यबसायी संघका अध्यक्ष यामु निरौलाले आफ्नो कबिता बाचन गर्दै आदिकबिले नेपाली भाषालाई दिएको योगदानको चर्चा गर्नु भयो । नेपाली मुलका बाबुनानीहरुलाई भाषाको माध्यमबाट कसरी नेपाल सँग जोड्न सकिन्छ र भाषा स्कुल संचालन गर्न आईपर्ने समस्या र समाधानबारे आफ्नो अनुभब सुनाउनु भयो ।


कार्यक्रममा नेपाली जनसंपर्क समिति बेल्जियमका महामन्त्री प्रकाशराज गिरीले आदिकबि भानुभक्तको स्मरण गर्दै प्रबासी नेपालीको मानशिक उद्वेलन र भाबनाका लहर समेटिएको कबिता सुनाउनु भयो ।

कार्यक्रममा स्वागत मन्तब्य दिदै ओस्टेन्डे नेपाली समाजका अध्यक्ष ब्रह्मदत्त वाग्लेले आदिकबी भानुभक्त आचार्यको बारेमा प्रकाश पार्नु भएको थियो । उहाले तत्कालिन समाज भानुको साहित्यले स्वाभिमानी भएको र त्यसले नेपाली भाषा र नेपाली राष्ट्रियता मजबुत भएको बताउनु भएको थियो ।

कार्यक्रममा अर्जुनरत्न ‘ भिकारी ‘ , गोपाल दाहाल, सौरभ कारन्जित, मोहन खत्री, परमानन्द सापकोटा, सुदर्शन घिमिरे, जमुना बास्तोला गैरे, लोकनाथ शर्मा, तारा वाग्ले, देबदर्शन घिमिरे घिमिरे, ओम शर्मा लगायतले आफ्ना रचना बाचन गर्नु भएको थियो ।

अनेशास बेल्जियमका अध्यक्ष डिल्ली अंमाईले कार्यक्रमको ब्यबस्थापनका लागि नेपाली समुदाय ओस्टेण्डे (NSO) लाई धन्यवाद दिदै आफ्नो कबिता बाचन गर्नु भएको थियो । उहाले उपस्थित अतिथिहरुलाई पनि धन्यवाद सहित कार्यक्रम बिशर्जन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका महासचिब लोकनाथ शर्माले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.