मिस ग्रान्ड बेल्जियम बनिन अलिशा गिल्लियार्त, नेपाली डिजाइनर आरती प्रधानको कस्ट्युम र नेपाली फिल्मकी युरोपियन नायिका क्यारोलिनको ब्यबस्थापनमा सम्पन भयो मिस ग्र्यान्ड बेल्जियम प्रतियोगिता,

0

अलिशा गिल्लियार्तले मिस ग्रान्ड बेल्जियमको ताज जितेकी छिन । दोश्रो पटक बेल्जियममा भएको अन्तरराष्ट्रिय प्रतियोगिता मिस ग्रान्ड बेल्जियमको फर्स्ट रनरअप सारह मारिया र सेकेड रनरअप देनिसा सबेक्स बनेकाछन ।

मिस सोसल मिडिया रेसिया राए, मिस प्रसनालिटी आन्के द ब्लिक, मिस फोटोजेनिक डेनिसा सबेक्स र मिस च्यारिती सराह मारियाले जिते ।

बेल्जियमको लिन्ट शहरमा भएको विश्वकै प्रतिष्ठित प्रतियोगिताको ब्यबस्थापन नेपाली चलचित्रमा अभिनय गरेकी युरोपियन नायिका क्यारोलिन कोलिन्दाले गरेकी हुन । मिस ग्रान्ड बेल्जियमको कन्ट्री डाईरेक्टर रहेकी क्यरोलिनले २०२१ बाट बेल्जियममा यो अन्तरराष्ट्रिय सुन्दरी प्रतियोगिताको आयोजना गर्दै आईरहेकी छिन ।


नेपाली ड्रेस डिजाइनर आरती प्रधान काफ्लेले यस् प्रतियोगितामा प्रतिस्पर्धी रहेका सुन्दरीहरुको ड्रेस डिजाइन गरेकी हुन । मिस ग्रान्ड बेल्जियमको अफिसियल ड्रेस डिजाइनर रहेकी आरतीले तयार गरेका पहिरनहरुमा फाइनल राउन्डमा पुगेका सुन्दरीहरुले क्याटवाक गरेका थिए । उनका डिजाइनमा स्टेजमा देखिएका प्रतियोगी सुन्दरीहरु अत्यन्त आकर्शक देखिएको दर्शकहरुले प्रतिकृया दिएका थिए । बेल्जियममा ब्यबसायिक ड्रेस डिजाइन कोर्स गरेर यही काम गर्दै आएकी आरतीको सफलतालाई सबैले प्रशंशा गरेका छन ।


विश्वमा युद्ध अन्त्य र शान्ती एबम भाईचाराको बृद्धिको सन्देश सहित आयोजना हुने प्रतियोगिताको यो पटक मिस ग्र्यान्ड इन्टरन्यासनल प्रतियोगिता आगामी डिसेम्बरमा इन्डोनेसियाको बालीमा हुने भएकोछ ।

Foto Credit , Carolyn / Arati / Eric

Leave A Reply

Your email address will not be published.