माधव नेपालको दोहोरो नीतिले एमाले विभाजन, अब प्रायश्चित गर्नुपर्नेछ : घनश्याम भुषाल

0

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुँदे सहमति लत्याएर ठुलो गल्ती गरेको भन्दै भविष्यमा प्रायश्चत गर्नु पर्ने बताएका छन् ।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले विभाजन भएको उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी विभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने बताएका छन् ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवत: आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,’ भुषालले भनेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्ने विरोध गर्ने तर आफुले २० प्रतिशतमा पार्टी विभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको भुषालको थप टिप्पणी छ ।

‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुषालले भनेका छन, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिष्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

Leave A Reply

Your email address will not be published.