नेपाल भ्रमणमा आएका सीपीसीका विदेश विभाग प्रमुख लिउ राजनीतिक भेटवार्तामा व्यस्त

0

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । 

उनले सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछन् । अपरान्ह चार बजे दाहालसँग होटल सोल्टीमा चिनिया टोलीले भेटवार्ता गर्नेछन् । 

त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ । 

चिनियाँ टोलीले सोमबार नै एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । 

लिउले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । चिनियाँ टोली बुधबार बेइजिङ फर्कने छ । 

विदेश विभाग प्रमुख जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका थिए । भेटमा उनले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन् । 

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ नेता हुन् । 

यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.