चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

0

काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

नेपाल बसाइका क्रममा लिउले  राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार उनले बिहीबार बेलुकी पराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् । 

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।

Leave A Reply

Your email address will not be published.