सरकारको कार्यशैलीबारे शेखर कोइराला समूहले कांग्रेस केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने

0

काठमाडौं : सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट शुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने भएको छ । 

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले पार्टी नेतृत्व र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

स्थानीय निर्वाचनको समीक्षा गरी प्रदेश र संघको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा पनि छलफल हुनुपर्ने निस्कर्ष बैठकले निकालेको छ ।

कोइराला पक्षले पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने जनाएको छ । 

कोइराला समूहले बजेटबारे पनि असन्तुष्टि व्यक्त गरेको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । 

भेलाले पार्टीको भ्रातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ । कोइराला समूह नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णयमा पुगेको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो सानेपामा बस्दैछ ।

Leave A Reply

Your email address will not be published.