चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

0

काठमाडौं : चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार विहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् ।  

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार उनले आइतबार दिउँसो पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् । 

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियो मार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो संवाद गरेका थिए । 

Leave A Reply

Your email address will not be published.