श्रीलंका संकट : राष्ट्रपति गोटाबायाले राजीनामा दिने

0

एजेन्सी : अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले  बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ ।

यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन् ।

‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्’ श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भन्यो । 

प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए । 

मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

Leave A Reply

Your email address will not be published.