श्रीलंकाका राष्ट्रपतिको निवासमा प्रदर्शनकारीको आक्रमण, राष्ट्रपति गोटाबाया आवास छाडेर सुरक्षित ठाउँतिर

0

एजेन्सी : प्रदर्शनकारीहरुले राष्ट्रपति निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष निवास छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी सुरक्षित स्थानतर्फ गएका हुन् । 

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । 

प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको छ भने केही संवेदनशील ठाउँमा कफ्र्यु आदेश पनि जारी गरेको छ । 

आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । 

अर्थतन्त्रलाई सही ढंगले सञ्चालन गर्न नसकेको भन्दै उच्च राजनीतिज्ञहरु प्रदर्शनकारीको निसानामा पर्दै आएका छन् । 

प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए । 

प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । अहिले श्रीलंकाको प्रधानमन्त्री रनिल विक्रमासिंघे रहेका छन् ।

Leave A Reply

Your email address will not be published.