गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

0

एजेन्सी : गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । 

जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो । 

नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन भएको सञ्चारमाध्यमले जनाएका छन् । 

भाषण गरिरहेका आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।

यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा  लिएर अनुसन्धान जारी राखेको छ ।

Leave A Reply

Your email address will not be published.