वर्तमान सरकारलाई अब स्वीकार गर्न सकिँदैन : ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने बताएका छन् । 

छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका हुन् । 

ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको बताए । उनले जनआन्दोलनको अन्तिम दिन वैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको दाबी गरे ।

अध्यक्ष ओलीले सरकारले बस्ने मान्छेले नराम्रा काम गरेपनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्री देउवामा नभएको उल्लेख गरे । 

अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने उनको दाबी छ ।

अध्यक्ष ओलीले सशस्त्र विद्रोहको नाममा हतियार उठाउन परेको कारण अहिलेसम्म माओवादीले दिन नसकेको बताए । 

उनले माओवादी केन्द्रका अध्यक्ष दाहालले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.